Madhyabindu News App
खेलकुद

नेदरल्यान्डविरुद्ध १४२ रनसँगै नेपाल क्रिकेट च्याम्पियन

Madhyabindu Online


A A- A+

काठमाडौं – पाहुना टोली नेदरल्यान्ड र मलेशियासँग त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेपालले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले नेदरल्यान्डलाई १४२ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेको सिरिजमा चौथो अर्धशतकको मद्दतले यस वर्षको टी–२० को इतिहासमै सबैभन्दा धेरै २३८ रन बनाउन सफल भयो । जुन रन सन २०२१ मा कुनै पनि मुलुकले बनाएको सबैभन्दा धेरै रनको हो ।

२३९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेदरल्यान्डले दोस्रो ओभरमा नै विकेट गुमायो । नेदरल्यान्डले १७.२ ओभरमा ९६ रन बनाउँदा आप्mना सबै विकेट गुमायो ।

नेपालका लागि कमल सिंह ऐरीले ४ ओभरमा २२ रन दिँदै २ विकेट लिए भने सन्दीप लामिछानेले ४ ओभरमा २६ रन दिँदै २ नै विकेट हात पारे ।

नेपालका लागि किफायती सावित करण केसीले ३ ओभरमा ११ रन दिँदा ३ विकेट हात पारे । त्यस्तै अविनाश बोहोराले ३.२ ओभरमा २० रन दिँदै नेदरल्यान्डको अन्तिम विकेट हात पारे ।

छुटाउनु भयो कि ?