Madhyabindu News App
खेलकुद

भोटेकोशी गाउँपालिका अध्यक्ष कप महिला भलिबलको उपाधी एपीएफ क्लबलाई

Madhyabindu Online


A A- A+

काठमाडौं – विभागीय टिम एपीएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्यापियन बनेको छ । शनिबार भएको उपाधि भिडन्तमा एपीएफले न्यू डायमण्डमाथि ३–० को सहज जित निकाल्ने क्रममा २५–१६, २५–२२ र २५–१४ को सोझो सेटमा हराएको हो ।

उपाधि विजेता एपीएफले नगद ३ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता न्यू डायमण्डले २ लाखसहित ट्रफी प्राप्त ग¥यो । प्रतियोगितामा एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले २० हजार पुरस्कार प्राप्त गरिन् । सरस्वतीलाई हिमालय सीमापार वाणिज्य संघका अध्यक्षले सम्मान स्वरुप नगद ५० हजारसमेत प्रदान गरे ।

प्रतियोगिताको विधागत पुरस्कारतर्फ आर्मीकी शान्ति थारुले बेष्ट स्पाइकर, आर्मीकै सुनिता खड्काले बेष्ट ब्लकरको उपाधि जिते । न्यू डायमण्डकी प्रतिभा मालीले बेष्ट सर्भर, सलिना श्रेष्ठले बेष्ट डिफेन्सको उपाधि हात पारे । यसैगरी एपीएफकी विनिता बुढाथोकी बेष्ट सेटर चुनिइन् । विधागततर्फ उपाधि विजेताले जनही ७ हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ ।

छुटाउनु भयो कि ?