Madhyabindu News App
प्रदेश १

विराटनगरका सबै शैक्षिक संस्था वैशाखभर बन्द रहने

Madhyabindu Online


A A- A+

मोरङ – विराटनगर महानगरपालिकाले वैशाख मसान्तसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिएको र कतिपय विद्यालयका शिक्षक तथा विद्यार्थीमा समेत कोरोना सङ्क्रमण भएको भन्दै आइतबार बसेको नगर शिक्षा समितिको बैठकले भौतिक रूपमा हुने विद्यालयको सबै गतिविधि बन्द गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाका नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाका अनुसार पूर्व निर्धारित परीक्षा तथा पठनपाठन २०७८ वैशाख मसान्तसम्मका लागि स्थगित गरिएको हो ।

सूचना विपरीत विद्यालयहरू सञ्चालन भए कारबाही गर्ने समेत बैठकले निर्णय गरेको जनाइएको छ ।

आइतबार प्रदेश १ मा १२२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा विराटनगर महानगरपालिकाभित्रका मात्रै ८४ जना रहेका छन् ।

 

No description available.

छुटाउनु भयो कि ?