Madhyabindu News App
खेलकुद

हरेक कुरामा नमुना हेलम्बुको महिला भलिबलमा विश्व रेकर्ड ? (भिडियो सहित)

Madhyabindu Online


A A- A+

काठमाडौँ – सिन्धुपाल्चोक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड महिला भलिबलको उपाधी हेलम्बु गाउँपालिकाले जितेको छ ।शनिबार मेलम्चीमा भएको फाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई हराउदै हेलम्बुले उपाधि जितेको हो ।

चौतारा साँगाचोकगढी नगरपालिका र हेलम्बु गाउँपालिकाबीच ‘बेष्ट अफ थ्रि’ खेल भएको थियो । सो खेलमा चौतारा साँगाचोकगढी नगरपालिकाको २४ अंक हुँदा हेलम्बु गाउँपालिकाको १२ अंक थियो । हेलम्बुलाई जीतका लागि १४ अंक आवश्यक थियो भने चौतारा साँगाचोकगढी नगरपालिकालाई १ अंक आवश्यक थियो । तर हेलम्बु गाउँपालिकाले लगातार १४ अंक ल्याएर उपाधि जितेको हो ।

गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए अनुसार टिटि काउन्ट गरिने भलिबल खेलमा लगातार १३ अंक प्राप्त गर्नु दुर्लभ भएको बताए । यो सँगै हेलम्बु अब प्रदेश स्तरीय राष्ट्रपति रनिङ शील्डको दाबेदार बनेको छ । प्रदेशमा पनि गाउँपालिकाले खेल जित्ने अध्यक्ष शेर्पाको विश्वास छ ।

यस सम्बन्धमा नेपाल पुलिस क्लवका प्रमुख भलिबल प्रशिक्षक तथा राष्ट्रिय रेफ्री रुपेश बिष्टले यो अत्यन्तै प्रशंशनिय र चर्चा गर्न लायक खेल सेट भएको तर विश्व रेकर्डको बारेमा चाँही बुझनैपर्ने बताए ।

गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रकाश भट्टले यो खेल यो विश्व रेकर्ड हुनसक्ने बताए । उनका अनुसार विश्वमा ४–५ अंकको अन्तरमा जितेको रेकर्ड छ, तर एकोहोरो १४ अंक ल्याएर जितेको यो विश्वमै पहिलो हुनसक्छ । अब गाउँपालिकाले प्रदेश स्तरीय खेलको तयारी गरिहेको पनि उनले जानकारी दिए । विश्व रेकर्डको आधिकारिकताका लागी गाउँपालिकाले पहल गर्ने उनले बताए ।

खेलमा सिन्धुपाल्चोकका सबै पालिकाहरु सहभागि भएका थिए । यस अघि भएको जिल्ला स्तरीय महिला भलिबलको उपाधि पनि हेलम्बु गाउँपालिकाले जितेको थियो ।

भिडियो साभार उपहार खबर बाट ।

छुटाउनु भयो कि ?