Madhyabindu News App
मनोरञ्जन

चर्चित गायिका मिना मैयाँ थापाको “खाम की चाखम चट्ट चटनी” सार्बजनिक

Madhyabindu Online


A A- A+
काठमाडौैं – डोजरवालिको उपनामले भाइरल भएकी करुणा बस्नेत र प्रकाश सपुतले अभिनय गरेको गित “खाम की चाखम चट्ट चटनी” सार्बजनिक भएको छ ।

नेपाली साङ्गितिक छेत्रमा अगाडी बढ्दै गरेकी साहसी समाजसेवी महिला मिना मैयाँ थापाको निकै लामो समय पछि नयाँ गीतिकोसेलि  “खाम की चाखम चट्ट चटनी” सार्बजनिक भएको हो । भक्तपुर जिल्लाको काठमाडौं फन पार्क को विभिन्न आकर्षित ठाउहरुमा सुटिङ गरिएको “खाम की चाखम चट्ट चटनी” गित सुनाखरी मल्टिमिडिया बाट सार्बजनिक भएको हो ।

मिना मैंया थापाको शब्द संगीतमा रहेको चट्ट चटनी गीतमा चर्चित गायक तथा संगीतकार बाबुल गिरि र   गायिका मिना मैया थापाको स्वर सजिएको छ ।  “खाम की चाखम चट्ट चटनी”  गीतको  भिडीयोमा शकर बिसि ,प्रकाश सपुत, गिता ढुङ्गाना,रिना थापा मगर साथै भाइरल डोजरवालि करुणा बस्नेतको अभिनय रहेको छ भने, ब्यस्त छायाकार दुर्गा पौड्याल ले फुटेजहरु क्यामेरामा कैद गरेका छन । “खाम की चाखम चट्ट चटनी” गीतको निर्देशन शकर बिसि आफैले गरेका छन ।

सुनाखरि मल्टिमिडिया बाट बजारमा आएको “खाम की चाखम चट्ट चटनी” गीतको भिडियो –

छुटाउनु भयो कि ?