Madhyabindu News App
आर्थिक

सीईडीबी हाइड्रोको आईपीओ निष्काशन

Madhyabindu Online


A A- A+

काठमाडौं – सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधरण सेयर (आईपीओ) आजबाट निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ वैशाख १७ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गरिएको हो ।

आईपीओको कूल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

छुटाउनु भयो कि ?