Madhyabindu News App
अन्तर्राष्ट्रिय

इजरायलमा भागदौडका कारण ३८ को मृत्यु, सयौँ घाइते

Madhyabindu Online


A A- A+

एजेन्सी –इजरायलमा एउटा राष्ट्रिय पर्व मनाउने क्रममा भागदौड मच्चिँदा ३८ जनाको मृत्यु भएको छ । हासिडिक यहुदी पर्व मनाउने क्रममा भेला भएका दसौं हजार मानिसहरूबीच भागदौड मच्चिँदा कम्तीमा ३८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा यहुदी पर्व मनाउन दसौं हजार मानिस भेला भएकाबेला उक्त भागदौड भएको हो । भागदौडमा परी सयौँ मानिसहरू घाइते भएको बताइएको छ ।

आपतकालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन् । धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरूले बताएका छन् ।

छुटाउनु भयो कि ?