Madhyabindu News App
अन्तर्राष्ट्रिय

भारतमा एकैदिन ३५२२ संक्रमितको मृत्यु, ४ लाख बढि संक्रमित

Madhyabindu Online


A A- A+

काठमाडौं – भारतमा पहिलो पटक कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ ।  भारतमा एकैदिन ३ हजार ५ सय २२ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख २ हजार ११० जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा संक्रमितको दैनिक संख्या ३ लाख नाघेको १०औँ दिनमा ४ लाख पुगेको हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ९१ लाख ५७ हजार ९४ पुगेको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ११ हजार ८३५ पुगेको छ ।

छुटाउनु भयो कि ?