Madhyabindu News App
विचार-ब्लग

म मेरि फुपुलाई कसरी विश्वाश दिलाउँ ? यो देशमा सरकार छ !

Madhyabindu Online भवनाथ आचार्य


A A- A+

‘हेलो ! बाबु तिम्लाई सञ्चै छ ? केटाकेटीलाई के छ ? बा आमा सबैजनालाई ठिक छ नी ? उता नानीलाई कस्तो छ ? काठमाडौंमा त बन्द होला ? कतै नजाउ है धैरैमान्छे मरिसके भन्छन् तेतातिर !’ मैले केहि बोल्न नपाउँदै मेरि कान्छिफुपुले एकैसासमा माया ममता मिसिएको प्रश्नहरुको चाँङ लाईदिनुभो । अक्सर गरी आराम कुशल र दैनिक जिवन यापन बाहेकका बिषयले मात्रै प्रवेश पाउने हामी फुपु-भदाको भलाकुसारीमा वलात रुपमा अर्को बिषय छिरेको छ अर्थात कोरोना ।

हुन त कोरोना अब कुनै नयाँ बिषय होईन तथापी मौसम सँगै यसले आफ्नो स्वरुप पनी परिवर्तन गरेपछी, यो दिनदिनै नयाँ रुपमा रुपान्तरित हुँदै गएपछी स्वभाविक रुपमा सतर्क रहनुपर्ने त छँदैछ । यसको अलावा जो सँग हामिले भरोसा राखेका हुन्छौं त्यसैले गती छाडिदिएपछी हामि सर्वसाधारणको मन अत्तालिनु स्वभाविकै मान्न सकिएला ।

“जोगिनु है राम्रोसँग हेर कोरोना लाग्यो भने कसैलै केहि गर्दैन । अस्पतालमा उपचार पाँइंदैन भन्छन् । अक्सिजन नपाएर कति बिरामी मरेको समाचार आउँछ टिभीमा । कोरोनाको सुइ लाउनी पनि मरे भन्छन् । मैले त सुइ लाको छ भनेर ढुक्क नपर है । सरकारले त आफ्नो ज्यान आफैं जोगाउनु हामी सक्दैनौं भनिसक्यो । सरकार पनि चुनावको लागी र भाउ बढाउनलाई मात्रै रैछ हामीलाई आपत विपत पर्दा सरकारको नाक मुख देख्न पाइने होइन र´छ त बाबू ।” सरकार प्रतिको गुनासो पनि लामै थियो मेरी कान्छी फुपुको ।

मेरी फुपुलाई त हातेफोनमा यसो जालाङ्जिलिङ उत्तर दिएर टारें तर फुपुसँगको वार्तालापपछि सोच्न थालें म के भनेर मेरी फुपुलाई यो देशमा सरकार छ भनेर विश्वाश दिलाउन सक्छु ? वास्तवमै जनतालाई सरकार छ भन्ने अनुभुती हुने समय कुन हो ? मेरी फुपुले सरकार सँग नुन तेल मसलो त आस गरेकी छैनन् अनि छोराको बिहे र नातिको व्रतबन्ध खर्चको लागि पनि त सरकार सम्झेकी होइनन् नि ? गन्तीका हिसाबले त हाम्रो मुलुकमा तह-तहका सरकार विद्यमान छन् ।तर नागरिकलाई जरुरी परेको बेला सरकार भएको महसुस गर्न यदि पाउँदैनन भने त्यो सरकार हुनु र नहुनुको के अर्थ रहला र ?

सरकारसँगै हामी नागरिकहरु पनी कत्तीको सचेत छौं ? हामिले यो विषम परिस्थितीबाट जोगिन अपनाउनुपर्ने सावधानीहरुमा कति ध्यान दिएका छौं ? हाम्रा कारणले अहिलेको संक्रमण फैलाउन वा रोकथाम गर्न कस्तो बल पुगेको छ ? यो पनी अत्यन्तै महत्वपुर्ण बिषय हो ।

वर्तमान समयमा नेपालमा फैलिएको यो कोरोना महामारी आकाशबाट एकैपटक असिनापानी बर्षेझैं बर्सेको हो र ? विगत एक बर्ष भन्दा पहिल्यैदेखि जनता आकुलव्याकुल हुनेगरी हाम्रै समाजमा रुमलिएको रोग होईन र यो ? अनि जनताको जिउधनको रक्षा गर्दै शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने जिम्मेवारी बोकेको जननिर्वाचित सरकार होईन यो ? आफ्ना नागरिक आक्रान्त हुँदा सरकारको पहिलो प्राथमिकतामा जनताको स्वास्थ्य किन पर्न सकेन ? सत्ता र शक्ति सन्तुलनमा निर्लज्ज ढंगले प्रस्तुत हुने माननीय महोदयहरु जनताप्रति जवाफदेही हुनुपर्दैन ?जनताले तिम्रा घरबार बेचेर हाम्रो जिउधन जोगाइदेउ भनेका हुन र ?

गाउँको मोटरबाटो अर्को बर्ष कालोपत्रे गर्दा के बिग्रीन्छ ? डाँडामा बनाएको भ्यु टावर अर्कोबर्ष बनाउँदा के नोक्सान हुन्छ ? पानीजहाज र रेलको कार्यालय खोलेर कर्मचारी भर्नाको साटो गाउँ-गाउँमा औषधि सहितको स्वास्थ टोलि पठाउनु पर्दैन ? घाम तापेर फेसबुकमा ब्यस्त हुने सरकारी कार्यालयका कर्मचारीलाई कार्यालय बन्द रहेको यो विषम परिस्थितिमा आवस्यक जिम्मेवारी दिएर जनस्तरमा परिचालन गर्न सकिंदैन ? हाम्रा नेताजिहरुले चुनावी तथा अन्य कार्यक्रममा आफ्ना अघिपछि लावालस्कर लाउने कार्यकर्ताहरु स्वयंसेवकको रूपमा संवेदनशील क्षेत्रमा खटाउन सकिंदैन ?

यो त सामान्य उदाहरण मात्रै हो । महत्त्वपूर्ण कुरा त नेतृत्वको नजरमा नागरिकका समस्याहरु प्राथमिकतामा किन पर्दैनन भन्ने नै हो । सेवकले जब आफुलाई साशक सम्झन्छन् त्यसको परिणाम अहिले हामीले भोगेको अवस्था हो । उदाहरणका लागि अहिले हाम्रो देशमा भएको निषेधाज्ञाले प्रत्यक्ष असर पारेको भनेकै श्रमजीवी वर्ग हो । अलिकति मात्रै पहुँचमा भएकाहरू यो वा त्यो वहानामा निर्वाध रूपमा सुरक्षाका साथ आफ्ना गतिविधिहरु गरिरहेका छन् ।

संविधानमा मात्रै सार्वभौम सम्पन्न नागरिक लेखिएर के हुँदोरहेछ र आखिर व्यबहारमा अनुभुत गर्न न पाएपछि ।

छुटाउनु भयो कि ?