Madhyabindu News App
अन्तर्राष्ट्रिय

अफगानिस्तान बाट २० वर्षपछि फर्किंदै अमेरिकी सेना

Madhyabindu Online


A A- A+

वासिङटन – अमेरिकाले अफगानिस्तानबाट औपचारिक रुपमा आफ्नो सेना फिर्ता गर्ने कार्य सुरु गरेको छ । कम्तीमा १०० सैन्य दल र हतियारहरु स्थानान्तरण गरिएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

अमेरिकी सरकारी अधिकारी र ठेकेदारहरुले समेत अफगानिस्तान छाड्न लागेको ह्वाइट हाउसले जनाएको छ । यद्यपि, विदेशी सेना फिर्ता भएपछि तालिबानले हिंसात्मक गतिविधि बढाउन सक्ने भन्दै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले चिन्ता व्यक्त गरेको छ । अफगानिस्तानमा कम्तीमा दुई हजार ५०० अमेरिकी सेना र थप विशेष सैन्य दस्ता रहेको जनाइएको छ ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले समेत केही महिनामै सेना फिर्ता गर्ने जनाएको छ । सदस्य राष्ट्रका सेनाको सुरक्षा कारण देखाउँदै नेटोले कुन मितिसम्म कति सेना फिर्ता हुने भन्ने पूर्ण विवरण सार्वजनिक गरेको छैन । सेना फिर्ता गर्ने क्रममा तालिबानले आक्रमण गरे आफूले पनि बल प्रयोग गरेर जवाफ दिने संगठनले जनाएको छ ।

गृहयुद्ध चलिरहेका बेला हस्तक्षेप गर्दै सन् २००१ मा अफगानिस्तान प्रवेश गरेको अमेरिकी सेना २० वर्षपछि फिर्ता हुन लागेको हो ।

छुटाउनु भयो कि ?