Madhyabindu News App
समाज

लक्ष्मी लघुवित्तले दियो मृतकको श्रीमानलाई बीमा रकम

Madhyabindu Online


A A- A+

धनकुटा – लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिंधुवा धनकुटाले संस्थामा आवद्ध मृतक सदस्यको श्रीमानलाई कर्जा बीमा रकम हस्तान्तरण गरेको छ ।

शाखा कार्यालयको केन्द्र नं-४५मा आबद्ध भई बचत तथा कर्जा कारोबार गर्दै आएकी छथरजोरपाटी गाउँपालिका वडा नं-२ की अम्बिका थापाको मृत्यु भएको हुँदा निजको श्रीमानलाई कर्जा बीमा बापत रकम रु ४,२५,०००/- शाखा प्रमुख श्री रुप नारायण लामिछानेले हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा छथरजोरपाटी गाउँपालिका वार्ड नम्बर २ का वडा अध्यक्ष श्री कृष्ण कुमार मगरले मन्तव्य राख्दै लक्ष्मी लघुवित्तले ग्रामीण भेगमा वित्तीय सहयोग गर्दै आर्थिक स्तर वृद्धि गरे संग संगै यस किसिमको सामाजिक कार्य गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

संस्थाले प्रदान गर्ने बिमा तथा अन्य सेवा सुविधा बारे प्रस्ट पार्दै शाखा प्रमुखले दिवंगत मृतात्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रति समावदेना व्यक्त गरे ।

छुटाउनु भयो कि ?