Madhyabindu News App
स्थानीय तह

इन्द्रावतीमा अत्यावश्यक सेवा बाहेकका पसलहरु बिहान ५ बजेदेखि १० बजेसम्म मात्रै खुल्ने

Madhyabindu Online इन्द्रावती गाउँपालिका


A A- A+

सिन्धुपाल्चोक – ईन्द्रावती गाउँपालिकाले गाउँपालिका बाट प्रवाह हुने सेवा वडागत रुपमा बार छुट्याएर सञ्चालन गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक सेवाका औषधि पसल, इन्धन पसल, सवारी साधन मर्मत बाहेकका अन्य पसलहरु बिहान ५ बजेदेखि १० बजेसम्म सञ्चालन गर्ने निर्णय ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको अध्यक्षतामा आइतबार बसेको कोभिड १९ नियन्त्रण तथा ब्यबस्थापन समितिको नवौँ बैठकले गरेको हो ।

साथै स्वास्थ्य मापदण्ड अपनाई बिकाश निर्माणका कार्यहरुलाइ निरन्तरता दिने र गाउँपालिका भित्र कुनैपनि भिडभाड हुने किसिमका कार्यक्रमहरु बन्द गर्ने लगायतका निर्णयहरु पनि आइतबारको बैठकले गरेको छ ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागी कोभिड अस्पताल ब्यबस्थापन गर्ने, कोभिड अस्पतालमा बस्ने बिरामी तथा ड्युटिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुको खटिएको दिनको खाजा, खाना बापतको भत्ताको ब्यबस्थापन गर्ने, बाहिरबाट आउने ब्यक्तिलाई अनिवार्य होम क्वारेन्टिनमा राख्ने तथा सभा सम्मेलन गोष्ठी जस्ता कार्यलाई नियन्त्रण गर्ने लगायतका निर्णयहरु भएको वडा नं ५ का वडाध्यक्ष दुर्गा बहादुर तामाङले बताए ।

तामाङका अनुसार वडा नं ७ मा रहेको सिडिइसिएफको देउराली स्थित भवनमा १० वार्डको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागी कोभिड अस्पताल ब्यबस्थापन गर्ने भएको छ ।

कोभिड १९ ब्यबस्थापनको लागी आवश्यक पर्ने अक्सिजन सिलिन्डर, मास्क सेनिटाइजर, औषधि, स्वास्थ्य सामग्री लगायत आवश्यक जनशक्ति परिचालन खर्च पनि कोभिड ब्यबस्थापन कोष बाटै मिलाउने निर्णय भएको छ ।

गाउँपालिकामा भित्र सञ्चालित दुई एम्बुलेन्सहरु मध्ये एउटालाई कोभिड १९ नियन्त्रण तथा ब्यबस्थापन समिति मार्फत ब्यबस्थापन गर्ने र अर्कोलाई कोभिड डेडिकेटेड एम्बुलेन्सको रुपमा परिचालन गर्ने निर्णय पनी गरिएको छ ।

हेरौं बैठकका निर्णयहरु –

No description available.

No description available.

No description available.

छुटाउनु भयो कि ?