Madhyabindu News App
लुम्बिनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले नियुक्त गरे चार मन्त्री

Madhyabindu Online


A A- A+

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले चार जना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीमा वैजनाथ चौधरी, सन्तोष पाण्डे, हरि रिजाल र विजय यादव छन्।

चौधरी र रिजाल एमाले सांसद हुन्। पाण्डे र यादवभने जनता समाजवादी पार्टीले सांसदबाट निष्कासन गरेका सांसद हुन्।

मुख्यमन्त्री कार्यालयका अनुसार, चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मा दिइएको छ। भौतिक पूर्वाधार मन्त्रालय पाण्डेले पाएका छन्। रिजाललाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिएको छ।

नवनियुक्त नवनियुक्त मन्त्रीले आजै  पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। पाण्डे र यादव यसअघि जनता समाजवादी पार्टीका तर्फबाट मन्त्री भएका थिए। तर, उनीहरूलाई पार्टीले कारबाही गरेपछि सांसद पद गुमेको छ।

विवादका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका थिए। प्रदेश प्रमुखको कार्यालयमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) लगायतका दलको गठबन्धनले विरोध गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवलाई मुख्यमन्त्री कार्यालय लगेर शपथ गराइएको थियो।

छुटाउनु भयो कि ?