Madhyabindu News App
समाज

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

Madhyabindu Online


A A- A+

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइस संक्रमण भएको छ। कोरोनाको सामान्य लक्ष्यण देखिएपछि पीसीआर परीक्षणका क्रममा शर्मालाई कोरोना संक्रमण पुष्टी भएको हो।

हल्का ज्वरो र जीउ दुख्ने समस्या भएपछि आइतबार बेलुका स्टार अस्पतालमा कोरोना परीक्षणका लागि स्वाव दिएको र सोमबार बिहानै रिपोर्ट पोजेटिभ शर्माले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

आफू अहिले डेरामै आइसोलेशनमा बसिरहेकाे उनले उल्लेख गरेका छन् । उनले डा. अनुप बास्तोलाको निर्देशनअनुरुपको औषधि सेवन सुरु गरेको उनले बताए।

May be an image of 1 person and text that says "Bishwa Prakash शर्मा @bishwa... ·4m ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं बिहानिपख रिपोर्ट आयो-पोजेटिभ टेकु का डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरुपको औषधि सेवन शुरु गरेको छु। डेरामै आइसोलेसनमा छु लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ| सबैलाई विनम्र आग्रह छ सजग बनौं!"

 

छुटाउनु भयो कि ?