Madhyabindu News App
समाज

कुभिण्डेका एक पुरुषको अस्पताल लाँदालादै बाटैमा मृत्यु

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिका ४ कुभिण्डेका एक पुरुषको अस्पताल लाँदालादै बाटैमा मृत्यु भएको छ । ५३ वर्षीय पुरुषको अस्पताल लाँदालादै चौतारा साँगाचोकगढीकै  साँगाचोकमा मृत्यु भएको हो ।

मृतकका छोराको कोरोना पोजेटिभ रिपोर्ट आएपछी उनको पीसीआर परीक्षण गर्दा गत शनिबार नेगेटिभ रिपोर्ट आएको थियो ।

रिपोर्ट नेगेटिभ आएपनि सोमबार अचानक श्वास फेर्न गाह्रो भएपछि उनलाई चौतारा अस्पताल ल्याइएको थियो । चौतारा अस्पतालमा उपचार हुन नसकेपछि चिकित्सकको सुझाव अनुसार उनलाई अक्सिजनसहित एम्बुलेन्समा धुलिखेल अस्पताल नपुर्याउदै साँगाचोकमा उनको मृत्यु भएको एक स्थानियले मध्यबिन्दुलाई बताए ।

उनको शनिबार कोरोना नेगेटिभ आएपछि पुन परीक्षण गरिएको छैन् । मानिसको मृत्यु भइसकेपछि कोरोना परीक्षण नगर्ने सरकारको नीति छ । यद्यपी उनको मृत्यु कोरोनाका कारण भएको भनेर सामाजिक सञ्जालमा धेरैले लेखेका छन् ।

छुटाउनु भयो कि ?