Madhyabindu News App
स्थानीय तह

आफैंले बनाएको नियम मिच्दै जिसस प्रमुख तामाङ, महामारीकैबिच सयौंको संख्यामा कार्यकर्ता भेला

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – संक्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञा गर्ने जिल्लाहरुको संख्या बढ्दै गएको छ । अहिलेसम्म पूर्ण तथा आशिंक गरि ४२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सिन्धुपाल्चोक जिल्लामा पनि आंशिक रुपमा निशेधाज्ञा गरीएको छ । तर यो निशेधाज्ञाको असर जनताको लागी मात्रै जस्तो देखीएको छ । सरोकार राख्नुपर्ने र सचेत वर्ग मानीने प्रधानाध्यापकहरु सभा र सम्मेलनमा व्यस्त भएका छन् ।

प्रशंग हो मेलम्ची नगरपालीका वडा नम्बर ९ को ज्यामीरेमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेलाको । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गराउन आम नागरीकको लागी निर्देशन दिने जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङ,एमाले नेता सुभाष कर्माचार्य, मेलम्ची नगरपालीका प्रमुख डम्बर अर्याल, उपप्रमुख भगवती नेपाल लगाएतको सहभागीतामा उक्त कार्यक्रम गरीएको हो ।

जिल्लामा आँशिक लकडाउन गर्न हस्ताक्षर गरी कार्यकर्ता भेलामा व्यस्त

आफै सहभागी भएको वैठकमा स्वास्थ्य मापदण्ड कडाइका साथ लागु गर्ने भनि निर्णय गरेका तामाङले सो आफ्नै निर्णयलाई लात हान्दै भेला गर्दै हिंडेका छन् । तामाङ आफै प्रमुख अतिथि भएर मेलम्ची नगरपालिकाका मेयर, उपमेयर लगाएत उपस्थित गराएर उनले सयौं कार्यकर्ता भेला गराएका छन् । नेपाल कम्युनिष्ठ पार्टी एमालेको मेलम्ची नगरपालिका ९ को अगुवा कार्यकर्ता भेलामा आइतबार उनी सहभागी भएका हुन् ।

No description available.

कार्यकर्ता भेलामा ज्यामीरेका ४ विद्यालयका प्रधानाध्यापक समेत सहभागी भएका थिए । जनता माध्यमीक विद्यालयका प्रधानाध्यापक केदार विष्ट, सावीकको ज्यामीरे गावीस वडा नम्बर २ हालको मेलम्ची १० मा रहेको भुमेस्थान आधारभुत विद्यालयका प्रधानाध्यापक बलराम अधिकारी, रक्तकाली आधारभुत विद्यालयका प्रधानाध्यापक रामचन्द्र गिरी र सातकन्या माध्यमीक विद्यालयका प्रधानाध्यापक जनक अधिकारी लगाएतको सहभागीता रहेको थियो । विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु र वडाका कार्यकर्ताहरु जम्मा गरेर प्रधानाध्यापकहरु बलराम अधिकारी र जनक अधिकारीको घरका कार्यक्रम गरीएको हो ।

भेलामा एक सय पचासको हाराहारीमा मानिस भेला भएको भेलामा सहभागी कार्याकर्ताले बताएका छन् । सरकारले भेला तथा सम्मेलन नगर्न तथा गर्नेपरे २५ जना भन्दा बढी भेला नगर्ने निर्णय गरेका भएपनि सिन्धुपाल्चोक जिल्लाका अगुवाले नै सो निर्णय तोडेका हुन् ।

अन्य कार्यक्रम तथा अवसरहरुमा जिल्लाको सबैभन्दा उच्च पदस्थ व्यक्ति म हुँ भन्दै अगाडी आउने जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङको गैरजिम्मेवारी उदाङ्गो भएको छ । यतिखेर सिन्धुपाल्चोकमा कोरोना संक्रमितलाई राख्नको लागि आइसोलेशन समेत निर्माण हुन सकेको छैन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको वैठकमा प्रमुख जिम्मेवारीका साथ सहभागी हुने तामाङ आफ्नो जिम्मेवारीमा केही काम आएपछि मौन बस्ने तामाङ आफैं सरकारले तोकेको मापदण्डलाई लात हान्दै ठुला भेला गर्दै हिड्नु उनको गैरजिम्वेपारीपन बाहेक के होला र ?

No description available.

छुटाउनु भयो कि ?