Madhyabindu News App
लुम्बिनी प्रदेश

एमाले छोडेका लुम्बिनीका पाण्डे राष्ट्रिय सभा पाउनेभएपछी कांग्रेस प्रवेश

Madhyabindu Online


A A- A+

बुटवल – लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद दृगनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राष्ट्रिय सभामा चार दलीय गठबन्धन बाट उनलाई कांग्रेस उम्मेदवारका रुपमा पठाउने निर्णय गरेपछी उनी कांग्रेस प्रवेश गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले पाण्डे पुरानै घरमा फर्किएको बताए । उनले जेठ ६ गते हुने राष्ट्रिय सभाको चुनावमा उम्मेदवार बनाउने र चारै दलको गठबन्धनले समर्थन गर्ने निर्णय भएको बताए । माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्काको ठाउँमा राष्ट्रिय सभाको पुनः चुनाव हुँदैछ ।

पाण्डेले आइतबार प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए । कांग्रसबाट लामो समय राजनीति गरेका उनी चुनावका बेला एमालेमा प्रवेश गरेका थिए । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ को एकबाट उनले चुनाव जितेका थिए ।

 

छुटाउनु भयो कि ?