Madhyabindu News App
आर्थिक

मध्य भोटेकोशीको आइपीओ खुला, आयोजना प्रभावितले मात्रै आवेदन दिन पाउने

Madhyabindu Online


A A- A+

काठमााडौं – मध्य भोटेकोशी जलविद्युत परियोजनाको आइपीओ  वैशाख २१ गतेदेखि बिक्री खुला भएको छ । यसमा आयोजना प्रभावित स्थानीयले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई ६० लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

जसमध्ये ३०५ ले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ ९साविकको लिस्ती र मार्मिंग गाविस० र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ ९साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस० का स्थानीयलाई छुट्याइएको छ ।

यस्तै, ७०५ ले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याईएको छ । यसमा छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा जेठ २० गतेसम्म भर्न सक्नेछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म आवेदन दिन सकिनेछ ।

आवेदकले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमान्डू , एनआइसी एसिया बैंक र सन्धु विकास बैंकको सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रकन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

सन् २०१० मा स्थापना भएको मध्ये भोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावटको मध्ये भोटेकोशी आयेजना निर्माण गरिरहेको छ । यस कम्पनीको चुक्ता पुँजी करिब ६ अर्ब छ । यस्तै, सर्वसाधारण र संस्थापकको सेयर हिस्सा ५१ः४९ रहने पनि कम्पनीले जानकारी गराएको छ ।

छुटाउनु भयो कि ?