Madhyabindu News App
मुख्य खबर​

प्रचण्डका भतिज आधाकार्यकालमै राजदुतबाट फिर्ता देउवाकी सासुको म्याद थपियो

Madhyabindu Online महेश दाहाल - प्रतिभा राणा


A A- A+

काठमाडौँ – सरकारले नेकपा माओवादी केन्द्रको कोटामा अस्ट्रेलियाका राजदूत बनेका महेशराज दाहाल आधा कार्यकाल पनि नपुर्‍याइ फिर्ता बोलाएको छ । बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्‍को बैठकले अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको बालुवाटार स्रोतले बतायो ।

माओवादीका पुष्पकमल दाहालका भतिज नातापर्ने उनी दाहालकै काेटाबाट राजदूत नियुक्त भएका थिए । दाहाल आन्तरिक राजनीतिको कारण फिर्ता हुन परेको बताइएको छ । यद्यपि उनलाई पनि त्यहाँ काम गर्न नसकेको आरोप मन्त्रालयको छ ।

त्यस्तै जापानमा अहिलेसम्मकै कमजोर राजदूतमा दर्ज भएकी प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू प्रतिभा राणालाई भने अर्को व्यवस्था नभएसम्म भन्दै म्याद थप गरिएको छ । यसलाई नेपाल जापान बलियो बनाउने भन्दापनी देउवा खुसी राख्‍ने ओलीको कूटनीतिको रुपमा लिन सकिन्छ ।

उनी राप्रपा कोटामा राजदूत भए पनि उनीसँगै नियुक्त भएकाहरूलाई सरकारले पहिले नै फिर्ता गरिसकेको छ । तर उनलाई भने राप्रपाको नेता भन्दा पनि प्रमुख प्रतिपक्ष दलको सभापतिकी सासूको हिसाबले उनलाई नचलाइएको परराष्ट्र अधिकारीहरू नै बताउँछन् ।

ओमानकी राजदूत शर्मीला पराजुली ढकालको पनि पदावधी थप भएकाे छ । उनको पनि अर्को व्यवस्था नभएसम्म भनिएको छ । उनीले आफूलाई ओली निकट व्यक्तिको रुपमा छवी बनाएकी छन् ।

अन्य स्थानमा पनि राजदूतहरू कार्यकाल सकेर फर्कने अवस्थामा छन् । कतिपय स्थानमा लामो समयदेखि राजदूत खाली नै छ ।

छुटाउनु भयो कि ?