Madhyabindu News App
मुख्य खबर​

पत्रकारको संरक्षणमा सक्रिय उपत्यका प्रदेश समिति

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले  ‘कोभिड–१९ उपत्यका संयोजन समिति’ (सिभिसिसी) गठन गरेको छ ।

कोडिभ–१९ महामारीले प्रदेश अन्तर्गतका पत्रकार तथा सञ्चारकर्मीमा पारेको प्रभावको विश्लेषण, कोभिड संक्रमित पत्रकारलाई राहत तथा उपचारको समन्वय लगायतको कार्य गर्न सो समिति गठन गरिएको सचिव रोशन पाण्डेले जानकारी दिए ।

उपत्यका प्रदेशले अध्यक्ष श्रीजन झाको संयोजक रहने गरी महासचिव टेनिस रोका, सचिव रोशन पाण्डे र सदस्य विष्णु निश्चलसहित तीन जिल्लाका अध्यक्षहरु सदस्य रहेको सिभिसीसी गठन गरिको हो ।

त्यस्तै प्रदेश समितिले कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै ‘उपत्यका प्रदेश पत्रकार कोभिड राहत कोष’ पनि गठन गर्ने निर्णय गरेको छ ।कोषाध्यक्ष अर्जुन पन्त संयोजक र  सदस्यहरुमा रत्न श्रेष्ठसहित तीन जिल्लाका कोषाध्यक्ष रहने गरी कोष स्थापना गरिएको हो ।

कोषमा जम्मा हुने रकम मापदण्ड बनाएर हस्पिटलमा भर्ना भएका कोभिड संक्रमित श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराइने सचिव पाण्डेले जानकारी दिए ।

उपत्यका प्रदेशले फिल्डमा खटिने पत्रकारहरुलाई सरल र सुलभ तरिकाले पिसिआर टेस्ट, कोभिड विरुद्धको खोप र स्वास्थ्य र सुरक्षा सामग्री उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ ।

छुटाउनु भयो कि ?