Madhyabindu News App
मुख्य खबर​

कोरोना संक्रमणबाट न्यायपरिषद सदस्य निरालाको निधन

Madhyabindu Online


A A- A+

काठमाडौं – न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा उपचाररत उनको मंगलबार बिहान मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि वैशाख १० गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो । काठमाडौंको मित्रपार्क निवासी निराला पूर्वमहान्यायाधिवक्तासमेत हुन् ।

उनलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ सालमा न्यायपरिषद सदस्य नियुक्त गरेकी थिइन् ।

छुटाउनु भयो कि ?