Madhyabindu News App
स्वास्थ्य

नेपालमा कोरोनाका कारण एकैदिन ५५ जनाको मृत्यु

Madhyabindu Online


A A- A+

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ५५ जनाको मृत्यु भएको छ।विगत २४ घण्टामा ५५ जनाको कोभिड- १९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एकैदिन कोरोनाबाट यति धेरै मृत्यु भएको पहिलो पटक हो।

पछिल्लो २४ घण्टामा नेपालमा सबैभन्दा बढी संक्रमित फेला परेका छन्।  पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्रै ३८९३ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा  २७७९, भक्तपुरमा ५ सय १३, ललितपुरमा ६०१ संक्रमित फेला परेका हुन्।

योसँगै संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ।  अहिले देशभर सक्रिय संक्रमित मात्र ५९ हजार ७ सय ९८ छन्।

अहिले देशभर सक्रिय संक्रमित मात्र ५९ हजार ७ सय ९८ छन्।

गत २४ घण्टामा एक हजार ७ सय ७५ जना  उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या  २ लाख ८७ हजार ७ सय ९०  पुगेको मन्त्रालयले जनाएको छ।

छुटाउनु भयो कि ?