Madhyabindu News App
राजनीति

विश्वासको मत लिने प्रस्ताव फेल गर्छौं – कांग्रेस

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ। आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा २७ गतेका लागि डाकिएको संसद बैठकमा के गर्ने विषयमा छलफल भएको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले बताए। उनले पहिले प्रधानमन्त्री ओलीको योजना फेल गराउने र त्यसपछिमात्र वैकल्पिक सरकारको बाटो खोज्ने बताए।

‘अल्मतमा पुगेपनि जबरजस्ती सरकारमा बस्ने जुन तिकडम छ। लुम्बिनीमा पनि यस्तै भयो। यसको व्यापक समीक्षा र भर्त्सना भयो,’ उनले भने, ‘अहिले संसद पनि विश्वासको मत त्यही प्रयोजनका लागि बोलाइएको छ। अरु विषय हुँदा हुँदै संसद विश्वासको मतको प्रयोजनको लागि संसद बोलाउने काम भएको छ। विश्वासको मतमा ओलीलाई फेल गराउने हाम्रो निर्णय भएको छ।’

यसैगरी आजै सरकारले ल्याएको अध्यादेशको पनि कांग्रेस पदाधिकारी बैठकले भर्त्सना गरेको छ। ‘संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढेकोमा भर्त्सना गरेका छौं। संसदकै बैठक बोलाएर छलफल गर्नुपर्नेमा संसद छलेर अध्यादेश ल्याएको छ। नागरिकले उपचार नपाउने अवस्था आएको छ कोरोनाले। यो विषयमा पनि गम्भीर ध्यानकार्षण गराउने पार्टीको तयारी छ,’ उनले भने।

छुटाउनु भयो कि ?