Madhyabindu News App
मुख्य खबर​

राष्ट्रपति भण्डारीद्वारा अर्को अध्यादेश जारी

Madhyabindu Online


A A- A+

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले अर्को अध्यादेश जारी गरेकी छन् ।आफैंले डाकेको संसद्‍को बजेट अधिवेशनको पाँच दिन अगाडि उनले मन्‍त्रिपरिषद्‍को सिफारिसमा  रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले हिजो मंगलबार यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८,  संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८,  सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ गरी ७ वटा अध्यादेश जारी गरेकी थिइन् ।

संसद छलेर अध्यादेश जारी गरिएकोमा व्यापक आलोचना भइरहेकाबेला राष्ट्रपति भण्डारीले आठौं अध्यादेश जारी गरेकी हुन् ।

 

 

छुटाउनु भयो कि ?