Madhyabindu News App
कर्णाली प्रदेश

कर्णालीमा जेठ १७ गते राष्ट्रियसभाको उपचुनाव हुने

Madhyabindu Online


A A- A+

काठमाडौँ  – कर्णाली प्रदेशमा राष्ट्रियसभाको उपचुनाव जेठ १७ गते हुने भएको छ। सरकारले मिति तोकेर निर्वाचन आयोगलाई चुनावका लागि आग्रह गरेपछि आयोगले उपचुनावको प्रक्रिया अघि बढाएको हो।

पद रिक्त रहेको ३५ दिनभित्र चुनाव भइसक्नुपर्ने प्रावधानअनुसार उपचुनावको प्रक्रिया अघि बढाइएको हो। अन्य समूहबाट राष्ट्रियसभामा माओवादी केन्द्रबाट निर्वाचित भएका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्न पद रिक्त भएको थियो।

निर्वाचन आयोगको बुधबराको बैठकले लुम्बिनी प्रदेशको राजधानी घोराइमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

छुटाउनु भयो कि ?