Madhyabindu News App
पत्रपत्रिका

अस्पतालमा बेड नभएपछी भुइँमा छट्पटिदै संक्रमित

Madhyabindu Online फोटो अन्नपुर्ण पोष्ट


A A- A+

भैरहवा – अस्पतालका शैय्या भरिएका छन्। संक्रमित अस्पताल बाहिर छट्पटिदै छन्। आफन्तको रुवाबासी छ। उपचारका लागि गुहार गर्दैछन्। कोही संक्रमितलाई ह्विलचेयर बसालेर डुलाउँदै छन्। अक्सिजन सकिएर कोही सिलण्डर गुडाएर लग्दैछन्। भारतकै यस्तो दृश्य हामीले टेलिभिजनमा केही दिनअघिसम्म हेर्दै आएका थियौँ। तर, यो दृश्य भारतको नभई भैरहवाको हो। रुपन्देही जिल्लामा संक्रमणको अवस्था विकराल भइसकेको छ।

संघीय र प्रदेश सरकार राजनीतिमा व्यस्त छ भने स्थानीय सरकारहरुलाई वास्तै छैन। जिल्लामा संक्रमणको रोकथामका लागि निषेधाज्ञा लगाइएको छ। तर, प्रशासनले स्वास्थ्य मापदण्ड पालना गर्ने नाममा सबै किसिमका उद्योग र सार्वजनिक गाडी संचालनमा छुट दिँदा संक्रमण झनै फलिएको छ। जसको परिणाम सर्वसाधारण संक्रमित भएर ज्यान गुमाउनु परेको छ।

अवस्था यति भयावह छ संक्रमण फैलिनुका साथै सर्वसाधरणले भटाभट ज्यान गुमाउन थालेका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा जारी निषेधाज्ञाको अवधिको सात दिनमा मात्र ५२ जना संक्रमितले ज्यान गुमाएका छन् भने ३ हजार सात सय ४२ जना संक्रमित भएका छन्। जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५५ पुगेको छ भने २ सय ३३ जनाको मृत्यु भएको छ।

कोभिड अस्पतालका शैय्याहरु भरिएका छन्। एउटा शैय्याका लागि संक्रमित छट्पटिनु परेको छ। उपचारको अभावमा मृत्युवरण गर्नेको संख्या बढ्न थालेको छ। रुपन्देहीमा भारतको दिल्लीको अवस्था देखिन थालेको छ।

भैरहवाको सरकारी भीम अस्पतालमा शैय्याको अभावमा संक्रमितको उपचार समस्या देखिएको छ। अस्पताल आएका संक्रमितको उपचारका लागि शैय्या अभाव भएपछि भुइँमै अक्सिजनको सहारा लिएर बस्नुपर्ने बाध्यता छ। निजी अस्पताल संक्रमितको उपचारमा आनाकारी गरिरहेका छन्। कतै भनसुन गरेर भर्ना गरे पनि मनपरी शुल्कले ढाँड सेक्दै छन्।

अस्पतालमा आफन्तको रुवाबासी भएपछि अक्सिजन सहारामा भएपनि भुइँमै उपचार गर्न बाध्य भएको भीम अस्पतालका सूचना अधिकृत नारायण पोखरेलले जानकारी दिए।

‘अक्सिजन सहितको शैय्या बिरामीले भरिभराउ भएपछि आएका बिरामीलाई भुइँमै उपचार गर्न बाध्य छौँ’, सूचना अधिकृत पोखरेलले अन्नपूर्णसगँ भने, ‘अस्पतालमा जटिल अवस्थाका संक्रमित आउनेको संख्या बढ्दो छ, संख्या अझै बढ्दै गएमा र हामी यस्तै रहेमा उपचार गर्नमा समस्या पर्छ।’

भीममा अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि अक्सिजन सहित २७ वटा शैय्या छन्। अस्पतालमा हाल ४१ जना संक्रमित उपचारत छन्। जसमध्ये चारजना आईसीयूमा, १८ जना एचडीयूमा छन् भने बाँकी आकस्मिक कक्षमा उपचारत छन्।

कोभिड बिरामी निको वा मृत्यु भएपछि मात्र शैय्या खाली हुन्छन्। शैय्या खाली भएपछि मात्र अर्को संक्रमितले शैय्यामा उपचार पाउन्छन्।

अस्पतालमा जनशक्ति अभाव 
अस्पतालमा जनशक्तिको पनि अभावले समस्या उत्पन्न भएको छ। अस्पतालमा अहिले कोभिड डेडिकेटेड चारजना मेडिकल अफिसर, २ कन्सलटेन्ट र १४ नर्सिङ स्टाफ छन्। यस अतिरिक्त ५ जना कार्यालय सहयोगी र ५ जना प्यारामेडिक रहेको तथा जनशक्तिको थप गर्ने तयारी भइरहेको सूचना अधिकृत पोखरेलले बताए।

समाजिक अभियन्ता प्रयाख्त बन्जाडेले भीम अस्पतालले हालसम्म विभिन्न कठिनाइका बाबजुद पनि बिरामीको उपचार गरिरहेको बताए। उनले अस्पतालमा जनशक्ति अभाव लगायत समस्या देखिएकोले राजनीति गर्नमा व्यस्तमा रहेको प्रदेश सरकार राजनीतिलाई थाती राखेर संक्रमितको उपचारमा ध्यान दिनुपर्ने सुझाए। अन्नपुर्ण पोष्ट बाट ।

छुटाउनु भयो कि ?