Madhyabindu News App
मुख्य खबर​

महतोको अवरोधले अड्कियो महन्थको हस्ताक्षर अभियान

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौँ  – जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई सघाउनका लागि सुरु गरेको हस्ताक्षर अभियान अलपत्र संकेत देखिएको छ ।आफ्ना पक्षकै नेताहरुमा अन्तरविरोध देखिएपछि ठाकुरको अभियान अड्किएको हो ।

अध्यक्ष ठाकुरको अभियानमा साथ दिइरहेका जसपाका वरिष्ठ नेता राजेन्द्र महतो सदस्यहरु शरतसिंह भण्डारी र निर्जला राउत लगायतले अध्यक्ष ठाकुरले त्यो हस्ताक्षरलाई दुरुपयोग गर्ने सम्भावना देखेर हस्ताक्षर गर्न इन्कार गरेको महतो निकट एक नेताले बताए ।

जसपाका अध्यक्ष ठाकुरले दुईटा पत्रमा हस्ताक्षर गराइरहेका छन् । एउटा पत्रमा लुम्बिनीमा पार्टीका प्रदेश सांसद तथा पार्टीका नेतामाथि गरेको कारवाही फिर्ता र प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने विषयमा निर्णय लिन हस्ताक्षर गराएका छन् भने अर्को पत्रमा अध्यक्ष ठाकुरले पार्टीमा एकल अधिकार लिनका लागि हस्ताक्षर गराएका छन् ।

एकल अधिकारका लागि हस्ताक्षर गराउँदा वरिष्ठ नेता महतो झस्केका छन् । अध्यक्ष ठाकुरले पार्टीमा एकल अधिकार लिएपछि त्यसको दुरुपयोग गर्न सक्ने आशंका महतोको छ । एकल अधिकारको प्रयोग गर्दै महन्थ ठाकुर संसदीय दलको नेता पनि बन्न सक्ने नेता महतोको बुझाइ रहेको उनी निकट नेताले बताए ।जबकी महतो आफैं संसदिय दलका नेताका दाबेदार हुन् ।

उता, शरतसिंह भण्डारी पनि हस्ताक्षर अभियानको विपक्षमा रहेको पाइएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरले चलाएको हस्ताक्षर अभियान नै गलत हो र यसले पार्टीलाई एक रहन दिँदैन र जनतामा पनि गलत सन्देश जान्छ भन्दै भण्डारीले हस्ताक्षर गर्न नमानेको स्रोतले बतायो ।

छुटाउनु भयो कि ?