Madhyabindu News App
स्थानीय तह

तिलोत्तमाका बिरामी ओसार्दै मेयर–उपमेयरका गाडी

Madhyabindu Online


A A- A+

 रूपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर तथा उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग हुने भएका छन् ।

नगरपालिकाभित्र कोरोनाका गम्भीर बिरामीको संख्या ह्वात्तै बढेपछी उनीहरूलाई अस्पताल लैजान आफुले प्रयोग गर्दै आएको स्कर्पियो गाडी बिरामी ओसार्न प्रयो गर्ने निर्णय गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।

‘अहिलेको परिस्थितिमा नागरिकले एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा हामी गाडी चढेर हिँड्न सुहाउँदैन,’ घिमिरेले भने, ‘नागरिककै करबाट खरिद गरेका सरकारी गाडी नागरिककै लागि प्रयोग गर्दै छौं ।’उक्त गाडीमा सिट र अक्सिजन सिलिन्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याइने उनले बताए ।

दैनिक दुई सय जनासम्म संक्रमित थपिँदै गइरहेको तिलोत्तमामा जिल्लामै बुटवल उपमहानगरपछि धेरै संक्रमित छन् ।

मेयर घिमिरेले लु-१ झ ३ सय ६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले ३ सय २६ नम्बरको स्कर्पियो गाडी प्रयोग गर्दै आएका छन् ।

छुटाउनु भयो कि ?