Madhyabindu News App
खेलकुद

रियलले सहजै उपाधि जित्न दिन्न -डिएगाे सिमाेन

Madhyabindu Online


A A- A+

एजेन्सी – स्पेनीस ला लिगामा रियल मड्रिडले ग्रानाडालाई चार एकले हराएर उपाधि होड अझै प्रतिस्धात्मक बनाएपछि एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले छिमेकी क्लवले आफ्नो टिमलाई सहजै उपाधि जित्न नदिने बताएका छन ।

ग्रानाडासँगको जितले रियलले एट्लेटिको सँगको दुरी दुई अंकमा झारेको छ ।

अब उपाधिको छिनोफानो अन्तिम सातामात्र हुने भएकाले पनि सिमोनले रियलले एट्लेटिकोलाई अन्तिम समयसम्म कुर्नुपर्ने अवस्था सिर्जना गरेको बताएका हुन ।

तर रियलको जितले उसलाई अन्तिम खेलसम्म कुर्नुपर्ने अवस्था आएको छ । तर त्यसका लागि रियलले अर्को खेल पनि जित्नुपर्नेछ ।

छुटाउनु भयो कि ?