Madhyabindu News App
प्रदेश २

बिरगंजमा मनोमानी भाडा असुल्ने दुई एम्बुलेन्स चालक एम्बुलेन्स सहित प्रहरी फन्दामा

Madhyabindu Online


A A- A+

धर्मेन्द्र प्रसाद यादव/ बिरगञ्ज – पर्सा प्रहरीले बिरगंजमा बढी भाडा असुली गरि कालाबजारी गर्ने दुई जना एम्बुलेन्स चालक र एम्बुलेन्स पनि नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई नपा वडा नं ९ विश्रामपुर बस्ने बर्ष ३५ का कमरुदिन रायभर र पर्सा जिल्ला बिन्दवासिनी गा पा वडा नं १ बस्ने बर्ष २२ को बिरबल मुखिया रहेका छन ।

पर्सा जिल्लामा सञ्चालनमा रहेका कतिपय एम्बुलेन्स चालकहरूले कोभिड(१९ सङ्क्रमणको विषम परिस्थितिको फाइदा उठाउने मनसायले सङ्क्रमित व्यक्ति तथा उक्त सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिका आफन्तहरूबाट मनोमानी भाडा असुल गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी कारबाहीको सिलसिलामा शुक्रबार दिउसो ६ बजेतिर २ जना एम्बुलेन्स चालकहरूले सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको फेला परेपछी निजहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले निजहरूले सञ्चालन गरेको ना २च-३२५६ र ना ३ च- ८१९९ नं का २ वटा एम्बुलेन्ससहित जिल्ला पर्साले नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरिका अनुसार बीरगञ्ज महानगरपालिका वडा नं १५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट नियन्त्रणमा लिई कालाबजारी गरेको अभियोगमा अनुसन्धान भइरहेको छ ।

साथै पर्सा जिल्लाभित्र कुनै पनि व्यावसाय वा सेवा प्रदायकले सेवाग्राहीहरूलाई कुनै सामान वा सेवा प्रदान गरेबापत तोकिएको दरभन्दा बढी मूल्य लिएमा जिल्ला प्रहरी कार्यालय पर्सामा तत्काल सूचना दिई कालाबजारी नियन्त्रण गर्ने कार्यमा सहयोग गरिदिनहुन समेत पर्सा प्रहरीले सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।

छुटाउनु भयो कि ?