Madhyabindu News App
आर्थिक

उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकले खडा गर्यो ८ लाख रुपैयाँको ‘कोभिड राहत कोष’

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकले कोभिड १९ को संक्रमण रोकथामका लागि ८ लाख रुपैयाँको ‘कोभिड राहत कोष’ खडा गरेको छ । संघको भर्चुअल बैठकबाट सिन्धुपाल्चोकमा कोरोना रोकथाम तथा सहयोगका लागि सो कोष खडा गरिएको हो ।

देशभर फैलँदै गरेको कोरोना भाइरसको दोस्रो लहरबाट सिन्धुपाल्चोक पनि धेरै प्रभावित बन्न पुगेकाले त्यसको रोकथामका लागि संघ अगाडि बढेको हो । समाजमा महामारी फैलँदा केही सेवा गर्न पहिलो आर्थिक कुरा नै अगाडि आउने भएकाले कोरोना रोकथाम कोष खडा गरिएको संघका कार्यसमिति सदस्य प्रकाश आचार्यले जानकारी दिए ।

सदस्य आचार्यका अनुसार यो रकमबाट जिल्लामा आवश्यक परेको सामग्रीहरु वितरणका लागि खरिद गरिनेछ । साथै जिल्लाका हरेक गाउँका लागि मास्क, सेनिटाइजर, अक्सिजनलगायत सामग्रीका लागि यो रकम खर्च गरिने छ ।

संघले अध्यक्ष बस्नेतको संयोजकत्वमा कोभिड १९ राहत कोष व्यवस्थापन समितिसमेत निर्माण गरेको छ । बस्नेतको संयोजकत्वमा संघका द्धितीय उपाध्यक्ष अमृत कार्की, तृतीय उपाध्यक्ष सूर्यबहादुर कार्की, महासचिव शम्भुबहादुर तिमिल्सिना र कोषाध्यक्ष उमेश प्रधान सदस्य रहेका छन् ।नेपाल हिमालय सीमापार बाणिज्य संघ सँगको संयोजनमा कोष सञ्चालन गरिने पनि आचार्यले बताए ।

त्यस्तै संघले बनदेउ र मेलम्चीमा कोभिड १९ रोकथामका लागि राखिएको वेटिङ सेन्टरमा खानेपानीको व्यवस्था गर्नेसमेत निर्णय गरेको छ । संघले उद्यमी व्यवसायीलाई सुरक्षाका मापदण्ड अपनाई व्यवसाय सञ्चालनगर्न अपिलसमेत गरेको छ ।

अहिलेसम्म कोषमा रकम सहयोग गर्नेहरु –

होम बहादुर बस्नेत (राजकुमार) अध्यक्ष -१०१०००
वेद बहादुर श्रेष्ठ निवर्तमान अध्यक्ष -७५४३५
रामकाजी पौडेल वरिष्ठ उपाध्यक्ष -७५१००
उमेश कसजु प्रथम उपाध्यक्ष- ७०१००
अमृत कार्की द्वितीय उपाध्यक्ष -६११००
सूर्यबहादुर कार्की तृतीय उपाध्यक्ष -६०१००
जगनाथ चालिसे (रामकृष्ण) मानार्थ उपाध्यक्ष -५०००
दिलीपराज गिरी – २५०००
शम्भु बहादुर तिमल्सिना महासचिव -२५०००
ईश्वर गुभाजु सचिव – १००००
उमेश प्रधान कोषाध्यक्ष – ५०५०५
विचारी पराजुली सह कोषाध्यक्ष – २००००
रामचन्द्र कार्की कार्यकारी सदस्य – १००००
विदुर खड्का ” – १००००
राजकपुर खत्री ” – ५०००
मोहनभक्त श्रेष्ठ ” – १००००
चमेली श्रेष्ठ ” – ५०००
उद्धब पौडेल ” – १५०००
तीर्थराज पौडेल ” – २००००
प्रकाश आचार्य ” – १००००
प्रकाश दाहाल ” – १००००
मन्दु थापा ” –
रमेश बस्नेत ” – १००००
राजेश श्रेष्ठ ” – १००००
शिवहरि श्रेष्ठ – ”
सोभियत पौडेल ” – १५०००
कल्याणी घिसिङ ”-” ५ सय थान मास्क
सुरज पौडेल ” – १००००
भुपेन्द्र भण्डारी ” – ५५५५
रुपक धिताल ” – २१०००
भेषबहादुर बस्नेत (राजेन्द्र) ” – २५१०५
सोनाम शेर्पा ” ” १००००
उजार सिं तामाङ ” – १००००
नवराज भट्टराई ” – १००००

छुटाउनु भयो कि ?