Madhyabindu News App
समाज

अस्पताल भर्ना भएका नुवाकोटका सबै बिरामीलाई निशुल्क खानाको ब्यबस्था

Madhyabindu Online जगदिश्वरनरसिंह केसी


A A- A+

काठमाडौं – नेपाली कांग्रेस नुवाकोटको र यशोदादेवी भगवान सिंह मेमोरियल ट्रष्टको समन्वयमा शिक्षण अस्पताल माहाराजगंज र नुवाकोट त्रिशूली अस्पतालमा कोविडका बिरामीहरुलाइ खाना को ब्यबस्थापन गरिएको छ ।

नुवाकोटको त्रिशूली अस्पतालमा कोविडका बिरामीको चाप बढ्दै जाँदा खाना व्यवस्थापनमा परेको समस्यालाई दृष्टिगत गरी नेपाली कांग्रेस नुवाकोट र यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टको पहल र समन्वयमा ॐ आदि फाउन्डेसन को तर्फबाट उक्त ब्यबस्थापन गरिएको यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टका महासचिव एवं नेपाली कांग्रेस नुवाकोटका सभापती जगदिश्वरनरसिंह केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“आज मिति २०७८ जेठ २ गते बिहानदेखि त्रिशूली अस्पताल भर्ना भई उपचारमा रहेका सबै कोभिडका बिरामी र कोविडका बिरामीको परीक्षण र उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीका लागि नियमित रूपमा अस्पतालमै खानाको व्यवस्था गरिएको छ । यसका लागि तोकिएको मापदण्ड र पौष्टिक तत्वयुक्त खाना अस्पताल व्यवस्थापन मार्फत अस्पताल भित्रै रहेको क्यान्टिनमा तयार गरी खुवाउने र त्यसबापतको खर्च साप्ताहिक रूपमा भुक्तानी गरिँदै जानेछ ।” विज्ञप्तिमा भनिएको छ ।

यसै गरी नेपाली कांग्रेस नुवाकोट र यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टको पहलमा ॐ आदि फाउन्डेसनले चार दिन देखि काठमाडौँ स्थित शिक्षण अस्पतालमा रहेका कोविडका बिरामी लाइ खानाको व्यवस्था गर्दै आएको छ ।

“विपदको समयमा जहाँबाट जे सकिन्छ त्यही योगदान गर्ने हाम्रो अभियानमा सहकार्य गर्ने ॐ आदि फाउन्डेसन र यशोदा देवी भगवान सिंह केसी मेमोरियल ट्रस्टलाई धन्यवाद १ यस्तो महामारी को घडिमा सहयोग का लागि सबैमा नेपालि कांग्रेस नुवाकोट अपिल गर्दछ ।” विज्ञप्तिमा उल्लेख छ ।

नेपालि कांग्रेस नुवाकोटले नुवाकोटको पार्टि कार्यालय लाइ यसअघिनै आइसोलेसन वार्ड बनाउने निर्णय गरिसकेको छ ।

छुटाउनु भयो कि ?