Madhyabindu News App
प्रदेश २

अवैध रुपमा भित्रिएका भारतीय नम्बर प्लेटका १९ मोटरसाइकल बरामद

Madhyabindu Online


A A- A+

बिरगंज – पर्सा प्रहरीले जिल्लामा अवैध रुपमा भित्रिएका भारतीय नम्बर प्लेटका मोटरसाइकल बरामद गरेको छ । निषेधाज्ञा बीचमा अनाधिकृत रुपमा पर्सा जिल्लामा भित्रिएका भारतीय नम्बर प्लेटका १९ वटा मोटरसाइकलाई चेकजाँचको क्रममा नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद गरिएका भारतीय नम्बर प्लेटको मोटरसाइकलहरु वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले बताए ।

विभिन्न कम्पनीका बीआर ०६ बीजि ९६४२, बीआर ०५ डब्लु ०३७८, बीआर ०५ एए ६६९४, बीआर ०५ एआई ८९२०, बीआर ०१ बीएम ७८०६ लगायतका १९ वटा मोटरसाइकल वीरगंज भन्सारमा बुझाएको र बजार मूल्य २२ लाख ६० हजार रहेको प्रहरी प्रवक्ता खनालले जनाए ।

छुटाउनु भयो कि ?