Madhyabindu News App
बागमती प्रदेश

नेकपा कलहको एउटा मूल्य ६४ लाख

Madhyabindu Online


A A- A+

काठमाडौं – आगामी जेठ ६ गते हेटौंडामा हुन लागेको राष्ट्रिय सभा उपचुनावको तयारी अन्तिम चरणमा पुगेको छ । उक्त उप चुनावको लागी बागमतीमा कुल ३ सय ४८ जना मतदाता छन् । प्रदेश सभासद ११०,मेयर उपमेयर र गाउँपालिका अध्यक्षर उपाध्यक्ष गरी २३८ जना मतदाता मतदानमा भाग लिंदै छन् ।

उक्त चुनावकालागी मकवानपुर जिल्ला अदालतका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ भने नतिजा मतदान सकिएको बढीमा तीन घण्टामा घोषणा गर्ने तयारी छ ।

यसमा संलग्न आयोगका कर्मचारीले थप एक महिनाको तलब छुट्टै पाउँछन् । निर्वाचनस्थलमा खटिएका कर्मचारी,सुरक्षाकर्मीलाई दैनिक भ्रमण भत्ता छुट्टै दिइने छ । अन्य खर्च र मसलन्द खर्चसमेत जोड्दा बागमतीमा ६४ लाख रुपैयाँ खर्च हुने अनुमान आयोगको छ । जुन रकम निकासा भैसकेको छ ।

त्यसमा उम्मेदवार र मतदाताले आवत जावत खानपिन बसोबासकालागी आ(आफ्नो खर्च छुट्टै गर्नेछन् । चुनावमा एमालेले रामबहादुर थापालाई उम्मेदवार बनाएको छ भने एमालेकै बरिष्ट नेता माधब नेपालकै पहलमा विपक्षी गठबन्धनको तर्फबाट डा। खिमलाल देवकोटा प्रतिष्पर्दामा छन् ।त्यस्तै मजदुर किसान पार्टिका कृष्ण बहादुर तामाङ्ग पनी मैदानमा छन् ।

छुटाउनु भयो कि ?