Madhyabindu News App
लुम्बिनी प्रदेश

मुख्यमन्त्रीविरुद्ध चार दलको अदालत जाने तयारी

Madhyabindu Online


A A- A+

काठमाडौं – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्ति बदर माग्दै विपक्षी दलहरु सर्वोच्च अदालत जाने भएका छन् ।

प्रदेशसभामा बहुमत गुमाइसकेको अवस्थामा प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै लुम्बिनीका विपक्षी चार दलले सर्वोच्चमा रिट दायर गर्ने भएका हुन् ।

नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सम्मिलित बुधबारको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश प्रमुख धर्मनाथ यादवले गत वैशाख १९ गते संसदमा बहुमत प्राप्त दलको नेताको हैसियतमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर, एमालेका तीन जना प्रदेश सदस्यले राजीनामा दिइसकेकाले पोखरेलको पक्षमा बहुमत नरहेको विपक्षी गठवन्धनको दाबी थियो ।

आफूहरुले बहुमतको दावीसहित दिएको निवेदनलाई उपेक्षा गर्दै अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्री बनाइएको उनीहरुको भनाइ छ ।

यता, जसपाका चार सांसदलाई अदालतले पदबहाली गरेसँगै प्रदेशसभामा बहुमतप्राप्त दलको नेताको हैसियतमा शपथ गराइएका मुख्यमन्त्री पोखरेलमाथि संकट आइलागेको छ । अब सरकार गठनको अर्को प्रक्रियामा जानुपर्ने कानूनविदहरुको तर्क छ ।

छुटाउनु भयो कि ?