Madhyabindu News App
बागमती प्रदेश

बादललाई पराजित गर्दै राष्ट्रिय सभा सदस्यमा खिमलाल निर्वाचित

Madhyabindu Online


A A- A+

काठमाडौं – राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदका लागि भएको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादल पराजित भएका छन्।

हेटौंडाको भुटनदेवी मतदान केन्द्रमा सम्पन्न मतगणनाअनुसार ५०८८ मतभारका साथ कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूहको गठबन्धनको उम्मेद्वार रहेका डा खिमलाल देवकोटा निर्वाचित भएका हुन्। भने बादलले ४०१४ मतभार पाएका छन् ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।

त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।

छुटाउनु भयो कि ?