Madhyabindu News App
अन्तर्राष्ट्रिय

केबलकार चुडिँदा १४ जनाको मृत्यु

Madhyabindu Online


A A- A+

एजेन्सी – केबलकार चुँडिँदा इटालीमा १४ जनाको ज्यान गएको छ। लेक मागोरीनेर यात्रु खचाखच बोकेर केबलमा कुदिरहेको गोन्डाला खस्दा मानवीय हताहती भएको हो ।

केबलकारको रिसोर्ट टाउनबाट नजिकैको मोटावर्नी माउन्टेनतर्फ यात्रुहरू जाँदै गर्दा केबलकार चुँडिएको थियो। आइतबार दिउँसो भएको सो दुर्घटनापश्चात केबलकारका तार र गोन्डालाहरू रुख-बिरुवा भएको भिरालो जमिनमा यत्रतत्र छरिएको छ।

ज्यान गुमाएकामध्ये पाँच जना इजरायली नागरिक भएको त्यहाँका विदेश मन्त्रालयले जनाएको छ। अधिकांशको दुर्घटनास्थलमै ज्यान गएको इटालीका सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्‌।

छुटाउनु भयो कि ?