Madhyabindu News App
प्रदेश २

महामारिबिच नारायणी अस्पताल वीरगंजमा राजनितिक किचलो

Madhyabindu Online


A A- A+

वीरगंज – नारायणी अस्पताल वीरगंजमा चिकित्सकहरुको जिम्मेवारी हेरफेर भएपछि गुटगत राजनिति हुन थालेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा‍. संजय ठाकुरको सरुवा भएपछि निमित मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएका डा. बिरेन्द्र प्रधानले चिकित्सकहरुको जिम्मेवारी हेरफेर गरेपछि राजनिति हुन थालेको हो ।

दोस्रो चरणको कोरोना महामारीको समयमा अस्पतालको मेसु डा ठाकुरले कोरोना नियन्त्रण र रोकथामको लागि प्रभावकारी काम गर्न नसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उनको सरुवा गरि निमिति मेसुको जिम्मेवारी डा. प्रधानलाई दिएको थियो ।

त्यपछि नयाँ मेसुको जिम्मेवारी पाएका डा. प्रधानले अस्पतालको व्यवस्थापन सुधार गर्न र कोरोना संक्रमितको उपचारलाई व्यस्थित गर्न विभिन्न चिकित्सकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । सोही क्रमममा मेसु डा। प्रधानले कोभिड संयोजक डा. सरोज रोशन दासको जिम्मेवारी डा. उदयनारायण सिंहलाई दिएका छन् । डा. दासलाई कोभिड फोकल फर्सनको जिम्मेवारी दिइएको छ ।

मेसु डा. प्रधानले अस्पताललाई व्यवस्थित गर्न चिकित्सकहरुको जिम्मेवारी हेरफेर गरेपछि असन्तुष्ट केही अस्पतालका चिकित्सक र कर्मचारीहरुले गुटगत राजनिति गर्न थालेका छन् । अहिले महामारी र संकटको समयमा जुन सुकै जिम्मेवारीमा भएपनि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग गर्नु पर्नेमा उनीहरुले सेनियर र जुनियर चिकित्सको बहाना बनाउँदै गुटगत राजनिति गर्न थालेका हुन् ।

जबकी कोभिड संयोजकको जिम्मेवारी पाएका डा. सिंहसंग ९ बर्षको अनुभव छ । उनी नारायणी अस्पतालका ८ औं तहका स्थायी चिकित्सक हुन् । उनी गत बर्षको कोरोना महामारीको समयमा नारायण अस्पतालको कोभिड संयोजक भएर प्रभावकारी काम गरेका थिए ।

उनी कोरोना रोकथाम तथा नियन्त्रणमा राम्रो भुमिका निर्वाह गरे वापत प्रधान सेनापती र मुख्यमन्त्रीबाट पुरस्कृत भएको चितिक्सक हुन् ।

तर जिम्मेवारी खोसिएका डा। दास नारायणी अस्पतालका अस्थायी (दुई बर्षे करार) चिकित्सक हुन् । उनीसंग ६ महिनाको मात्र अनुभव रहेको छ । उनले नारायणी अस्पतालको कोभिड संयोजकको जिम्मेवारीमा रहेको बेला कोरोना रोकथाम तथा नियन्त्रणमा खासै प्रभावकारी काम देखिएको थिएन ।

नयाँ मेसुको जिम्मेवारी डा. प्रधान पाएपछि बिस्तारै सुधार हुँदै गएको छ । अस्पतालले गराएको जानकारी अनुसार संक्रमितको मृत्यु दर कम हुनुको साथै निको हुनेको संख्या बढ्दै गएको छ । असन्तुष्ट केही चिकित्स तथा कर्मचारीहरुले गुटगत राजनिति गर्न थालेपछि अस्पतालको कोरोना रोकथाम तथा नियन्त्रणको प्रभावकारी कार्यन्वयन प्रभावित हुने देखिएको छ ।

वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले मेसुले आफ्नो अनुकुल जिम्मेवारी हेरफेर गर्नुलाई सकरात्मक रुपमा लिनु पर्ने वताउँछन् । जुन सुकै अस्पताल वा कार्यालय प्रमुखले आफु अनकुल जिम्मेवारी हेरफेर गर्न सक्ने उनले वताए ।

मेयर सरावगीले गत बर्षको कोरोना कालमा राम्रो र प्रभावकारी भुमिका निर्वाह गरेका डा। सिंहले फेरी कोभिड संयोजकको जिम्मेवारी पाउनुलाई सकरात्म रुपमा लिनु पर्ने प्रतिक्रिया दिए ।

यता पछिल्लो पटक कोर्डिनेटर र निमित्त मेसुको कार्यभार सम्भालेका र हाल जिम्मेवारी खोसिएका डा। इनामुल हक अख्तियारमा मुद्दा खेपि रहेका चिकित्सक हुन् । उनीमाथी अख्तियारमा बिचाराधिन मुद्दाहरु छन ।

उनले चिकित्सकमाथी हातपात गरेका कारण तत्कालीन प्रजिअ आस्मान तामाङले लिखित मफिनामा गराउँदै एक पल्टको लागि माफी समेत गरेका थिए । निज मेसु हुँदा अस्पतालमा हिनामिना गर्ने केहि कर्मचारीहरु पुनस् सक्रिय हुँदै अस्पतालमा अनावश्यक राजनीति गर्ने गरेका कारण अस्पतालका कर्मचारी तथा चिकित्सक चिन्ता जनाएका छन् । सो कर्मचारीहरु मध्ये केहीले राजनिती दलको आडमा काम गरेको बुझिन्छ ।

छुटाउनु भयो कि ?