Madhyabindu News App
खेलकुद

उन्नाइस वर्षपछि नेपाल-इराक भिड्दै

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – नेपाललेले उन्नाइस वर्षपछि पहिलो पटक इराकसँग मैत्रिपूर्ण फुटबल खेल्दैछ । नेपालले शनिबार फिफा वरियतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।

फिफा वरियतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । इराक ६८ औं स्थानमा छ । नेपाल १ सय ७१ औं स्थानमा छ ।

खेल नेपाली समय अनुसार राति १०:१५ बजे र स्थानीय समयअनुसार बेलुकी ७ः३० बजे हुनेछ । मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोली गत बुधबार नै इराकको बसरा पुगेको थियो ।

नेपाल र इराकबीच पहिलो भेट सन् १९८२ नोभेम्बर २३ तारिखमा भएको थियो । एसियाली खेलकुदमा भएको भेटमा नेपाल इराकसँग ३–० गोल अन्तरले पराजित भएको थियो । सन् २००१ अप्रिल १४ मा भएको दोस्रो भेटमा इराकले ९–१ को जित निकालेको थियो । नेपालको लागि एक मात्रै गोल निराजन रायमाझीले गरेका थिए ।

सन् २००२ को विश्वकप छनोटमा नेपाल इराकसँग ४–२ गोल अन्तरले पराजित भएको थियो । हरि खड्का र निराजन रायमाझीले गोल गरेका थिए । १९ वर्षपछि दुवै टोली आमने सामने हुँदा नेपालले धेरै भन्दा धेरै फाइदा लिन सक्नेछ ।

छुटाउनु भयो कि ?