Madhyabindu News App
आर्थिक

स्वास्थ्यकर्मीमाथीको आक्रमणप्रति ट्रेड युनियन कांग्रेसद्वारा भत्सर्ना

Madhyabindu Online


A A- A+

काठमाडौ – नेपाल ट्रेड युनियन कांग्रेसले स्वास्थ्यकर्मीमाथी भएको आक्रमणको घोर भत्सर्ना गरेको छ । केहि दिन अगाडी भेरी अंचल अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भपछि मृतकका आफन्तजनले चिकित्सक एवं नर्समाथी ज्यानै लिने हिसाबले गरेको आक्रमणको युनियनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घोर भत्सर्ना गरेको हो ।

युनियनका महासचिव योगेन्द्र कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,’कोभिड-१९ को डर लाग्दो महामारीमा पनि परिवार भन्दा टाढा रहेर जीवनलाई हत्केलामा राखेर अहोरात्र खटिने चिकित्सक स्वास्थ्यकर्मीमाथी हुने गरेको यस्ता जघन्य आक्रमणको घोर भत्सर्ना गर्दछ ।’

यसैगरी सुविधा र पुर्वाधारको अभावमा समेत अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,अत्यावश्यक सेवाकर्मिहरुलाई सुरक्षा र प्रोत्साहनकोलागि युनियनले सम्बन्धित निकायमा पटक पटक माग र दबाब दिएको स्मरण गराउदै यस्ता निन्दनीय घटनाको सत्यतथ्य छानबिन गरि दोषिउपर कडा कारबाहीको माग समेत गरेका छन् ।

No description available.

छुटाउनु भयो कि ?