Madhyabindu News App
खेलकुद

नेपालमाथि इराकको फराकिलो जित

Madhyabindu Online


A A- A+

काठमाडौँ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालमाथि इराकले फराकिलो जित दर्ता गरेको छ । शनिबार राति इराकको मैदानमा भएको खेलमा घरेलु टोलीले नेपालमाथि ६–२ गोलको जित दर्ता गरेको हो । इराकस्थित अल बस्रामा खेलको सातौँ मिनेटमा आला अब्दुलले गोल गर्दै इराकलाई सुरुआती अग्रता दिलाएका थिए ।

आठौँ मिनेटमा साफा हादीले आत्मघाती गोल गरेपछि नेपाल बराबरीमा फर्किएको थियो । २९औँ मिनेटमा आजै सिनियर टिममा डेब्यु गरेका मनीष डाँगीले गोल गर्दै नेपाललाई २–१ गोलको अग्रता दिलाए । खेलको ३९औँ मिनेटमा इराकका मोहम्मद ओबाइदले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए ।

खेलको ४० औं मिनेटमा एमेन हुसेनले गोल गर्दै इराकलाई ३–२ को अग्रता दिलाए । त्यसपछि खेलको पहिलो हाफको इन्जुरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाएका छन् ।

पहिलो हाफमा चार दुईको अग्रता बनाएको इराकका लागि ६६औं मिनेटमा मोहनाद अली अल्सामरीले गोल गरे । त्यसपछि ७५औं मिनेटमा सज्जाद जासिमले अर्को उत्कृष्ट गोल गर्दै इराकलाई ६–२ गोलले जिताएका थिए ।

छुटाउनु भयो कि ?