मुख्य खबर​

प्रधानन्यायाधीशलाई शम्भु थापाले भने- “श्रीमान तपाइँ बिदामा बस्नुस”

Madhyabindu Online


A A- A+

काठमाडाैं- वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बिदामा बस्न सुझाव दिएका छन्।

कानुन व्यवसायीले न्यायाधीश बम कुमार श्रेष्ठमाथि प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले आफ्नो विकल्प दिन भनेका थिए। त्यसको जवाफमा वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश राणालाई बिदामा बस्न सुझाव दिएका हुन्।

‘उहाँको विकल्प नभएको होइन। यहाँसम्म नेकपा विवादबाटै आएको हो। आज यहाँ माधव नेपाल, पुष्पकमल दाहाल निवेदक भएर आएका छन्। प्रश्न कहाँ-कहाँ आयो भन्ने फरक कुरा हो,’ वरिष्ठ अधिवक्ता थापाले भने।

उनले भारतको उदाहरण दिँदै प्रधानन्यायाधीशलाई बिदामा बस्न सुझाव दिए। भने, ‘भारतमा न्यायाधीश दीपक मिश्रमाथि पनि प्रश्न आएपछि आफूबाहेक राखेर इजलास गठन गरेर फैसला भएको थियो। फैसला चाहिन्छ भने म दिन्छु। प्रन्यालाई अधिकार छ। तपाईंको विकल्प के छ भन्नुभयो, बिदामा बस्नुस्।’

छुटाउनु भयो कि ?