Madhyabindu News App
स्थानीय तह

सिन्धुपाल्चोकका कुन स्थानीय तहलाई कति बजेट ? (सूचीसहित)

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – सरकारले आगामी आर्थिक वर्ष २०७८/ ७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट विनियोजन गरेको छ । स्थानीय तहले यो वर्ष २ खर्ब ८३ अर्ब १ करोड बजेट पाएका छन् ।

यो पटकपनी विगत झैं स्थानीय तहलाई वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा सो बजेट छुट्याइएको हो ।

३ नगरपालिका र ९ वटा गाउँपालिका गरी १२ वटा स्थानियतह रहेको सिन्धुपाल्चोकको स्थानीय तहले ४ अर्ब ४३ करोड ८३ लाख रुपैयाँ बजेट पाएको छ । जसमा ३ वटा नगरपालिकाले १ अर्ब ५६ करोड २७ लाख रुपैयाँ बजेट पाएको छ ।

३ वटा नगरपालिकामध्ये सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगरपालिकाले पाएको छ । उक्त नगरपालिकाले ६३ करोड ४५ लाख रुपैयाँ बजेट पाएको छ । सबैभन्दा कम मेलम्ची नगरपालिकाले पाएको छ ।

९ वटा गाउँपालिकामा २ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सबैभन्दा बढी इन्द्रावति गाउँपालिकाले पाएको छ भने सबैभन्दा कम भोटेकोशी गाउँपालिकामा छुट्याइएको छ ।

नयाँ बजेटमा सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरूले प्राप्त गरेको केन्द्रीय अनुदानयसप्रकार छन् हेर्नुस् सूची

छुटाउनु भयो कि ?