Madhyabindu News App
स्थानीय तह

कोभिड विरुद्धको खोपको सुनिश्चितता गर्न गाउँपालिका महासंघको माग

Madhyabindu Online


A A- A+

काठमाडौं – गाउँपालिका राष्ट्रिय महासंघले कोभिड-१९ विरुद्धको खोपको जतिसक्दो छीटो सुनिश्चितता गर्न नेपाल सरकारसँग अनुरोध गरेको छ । आइतबार महासंघका अध्यक्ष होम नारायण श्रेष्ठ र महासचिव बंशलाल तामाङले एक संयुक्त विज्ञप्ति जारी गर्दै स्थानिय तहमा अविलम्ब खोप उपलब्ध गराउन माग गरेका छन् ।

कोभिड-१९ को संक्रमण दर पछिल्लो समयमा ग्रामिण क्षेत्रमा तिव्र रुपमा फैलिएको प्रति तिनै तहका सरकारको ध्यनाकर्षण गराउँदै महासंघले यस्तो आव्हान गरेको हो ।

सरकारले खोपको लागी व्यवस्था गरेको अनलाइल फाराम भर्ने प्रक्रिया अत्यन्तै अव्यवहारिक भएको भन्दै महासंघले शहरी क्षेत्र र ग्रामिण क्षेत्रमा खोपको समानुपातिक वितरण प्रणाली अवलम्वन गर्न अनुरोध गरेको छ । साथै महासंघले जनसंख्याका आधारमा स्थानियतहलाई खोप उपलब्ध गराई अभियान चलाउन समेत सरकारलाई सुझाव दिएको छ ।

“तिन तहकै सरकारले परिभाषित र क्षमताभित्र पर्ने जिम्मेवारि अनुसारका दायित्व जिम्मेवारिपुर्वक निर्वाहगरी यो महामारीबाट पार पाउन प्रभावकारी समन्वयकोलागी तिन तहकै सरकारमा हार्दिक अनुरोध र आव्हान गर्दछौं ।” विज्ञप्तिमा उल्लेख छ ।

 

No photo description available.

May be an image of text

छुटाउनु भयो कि ?