Madhyabindu News App
लुम्बिनी प्रदेश

राष्ट्रिय सभाको उपचुनावमा, मतपत्र खल्तिमा पीसीआर रिपोर्ट बाकसमा

Madhyabindu Online


A A- A+

काठमाडौं – सोमबार लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उप चुनावमा एक जना मतदाताले मतपत्रको ठाउँमा आफ्नो पीसीआर रिपोर्ट खसालेका छन् ।

निर्धारित समय सकिँदा मतपेटिकामा २ सय ९७ जनाले मतदान गरेकोमा मतपरिणाम आउँदा केवल २९६ जनाको मात्रै आएपछि एकैछिन मतगणनामा सहभागीहरु नै अचम्ममा परेका थिए । एक मतको हिसाब नमिल्दा सामान्य विवाद समेत भएको थियो ।

पछि एक जना मतदाताले मतपत्रको ठाउँमा आफ्नो पीसीआर परीक्षण रिपोर्ट खसालेर गएको भेटिएपछि त्यो विवाद त्यहीँ सल्टिएर मतपरिणाम घोषणा गरिएको थियो ।

निर्वाचन अधिकारीका अनुसार पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको कागज मतपेटिकामा भेटिएको थियो । सो कागज स्थानीय तहका प्रतिनिधिले भोट खसाल्ने बाकसमा भेटिएको हो ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले कुल २९७ जनाले मतदान गरेकोमा एउटा मतपत्रबाहेकको ‘अन्य’ कागज भेटिएको जानकारी दिएका थिए । त्यो अन्य भनिएको कागज नै एक स्थानिय प्रतिनिधीको पीसीआर रिपोर्ट थियो ।

सोमबार भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । निर्वाचनमा पाण्डेयले चार हजार एक सय ४० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मत ल्याएका थिए ।

छुटाउनु भयो कि ?