Madhyabindu News App
आर्थिक

ट्रिप्स कानून निलम्बनमा सहमति जनाउन नेपालका ट्रेड युनियन महासंघहरुको माग

Madhyabindu Online


A A- A+

काठमाडौँ – नेपालका ट्रेड युनियन महासंघहरुले विश्व व्यापार संगठन (डब्लुटिओ) मार्फत् फर्मास्युटिकल क्षेत्रको ट्रेड रिलेटेड एस्पेक्टस अफ ईन्टेलेक्चुअल प्रोपर्टी राईटस (ट्रिप्स) कानून निलम्बनमा समर्थन जनाउन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्र्रिय ट्रान्सपोर्ट वर्कर्स फेडेरेसनसम्बद्ध राष्ट्रिय समन्वय समिति नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गर्दै ट्रिप्स कानून निलम्बनका लागि विश्व व्यापार संगठनको बैठकमा सहमति जनाउन आग्रह गरेका हुन् । डब्लुटिओको बैठक आगामी जुन ८ मा बस्दैछ ।

हाल अन्तर्राष्ट्रिय ट्रान्सपोर्ट वर्कर्स फेडेरेसन बेलायतले आफु सम्बद्ध विश्वभरिका ट्रेड युनियनहरु मार्फत आ–आफ्नो देशका सरकारलाई डब्लुटिओबाट आगामी तीन वर्षका लागि ट्रिप्स कानून निलम्बनका लागि लबिङ गर्न सर्कुलर गरेको छ । डब्लुटिओले केही वर्षअघि मात्रै ट्रिप्स कानून लागू गरेको थियो ।

फेडेरेसनको सर्कुलरबमोजिम नेपालमा पनि फेडेरेसन आवद्ध तीन ट्रेड युनियन महासंघहरुका तर्फबाट राष्ट्रिय समन्वय समितिले सरकारलाई पत्राचार गरिएको फेडेरेसनका कार्यसमिति सदस्य एवम् नेपालस्थित राष्ट्रिय समन्वय समितिका अध्यक्ष अजयकुमार राईले बताए ।

उनका अनुसार डब्लुटिओमार्फत् ट्रिप्स कानून निलम्बन भएमा कोभिड–१९ लाई पराजित गर्न विभिन्न देशमा बनेको भ्याक्सिन लगायत आवश्यक स्वास्थ्य सामाग्री कुनै पनि मुलुकले सहजै उत्पादन गर्न सक्ने र कोभिड–१९ लाई पराजित गर्न सकिने फेडेरेसनले बताएको छ ।

फेडेरेसनमा विश्वभरिका १५० देशमा सात सयभन्दा बढी ट्रेड युनियनहरु आवद्ध छन् भने दुई करोड भन्दा बढी सदस्य आवद्ध छन् । ट्रिप्स कानून निलम्बनका लागि भारत र दक्षिण अफ्रिका सरकारले गत अक्टुबरमै विश्व व्यापार संगठनमा प्रस्ताव पत्र बुझाई सकेका छन् ।

No description available.

छुटाउनु भयो कि ?