Madhyabindu News App
अन्तर्राष्ट्रिय

माल्टा बस्ने नेपालीहरुले खोले फुटबल क्लब

Madhyabindu Online


A A- A+

काठमाडौं – युरोपेली मुलुक माल्टा बस्ने खेलप्रेमी प्रवासी नेपालीहरुले फुटबल क्लब खोलेका छन् । माल्टामा बसेर खेलप्रति चासो राख्ने नेपालीहरु मिलेर उक्त क्लब स्थापना गरेका हुन् ।

माल्टामा बसोबास गर्ने सबै नेपालीको हित हुनेगरी खेलकुद लगायत सामाजिक आर्थिक लगायतका बिषयमा माल्टा र नेपाल बिचको सम्बन्ध खेल मार्फत प्रगाढ बनाउन यो क्लबको स्थापना गरिएको नवगठित “नेपाल माल्टा फ्रेण्डसिप क्लब (NMFC)”का सचिव आकाश गुरुङले बताए ।

सचिव गुरुङका अनुसार नवगठित क्लबको संरक्षक,अध्यक्ष,वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमशः मीन खनाल, राजेन्द्र भण्डारी,कृष्ण गोपाल पुन,राम भण्डारी, भगवान थापा,पासाङ खाण्डु शेर्पा, भीषण गुरुङ, आकाश गुरुङ,देवेन्द्र खड्का र निरज पराजुली रहेका छन् ।

यसैगरी क्लबको युवा खेलकुद संयोजकमा मनोज उपाध्याय छन् भने सदस्य हरुमा क्रमशः दासीराम खनाल, सरिन कटुवाल, प्रताप राई, हरि पौडेल, जीवन जिसी, भरत सुवेदी र राजन घिमिरे रहेका छन् ।

सचिव गुरुङका अनुसार क्लबले एक सल्लाहकार समिति पनि चयन गरेको छ । जसमा सुबास पुरि, बिरेन्द्र घिमिरे,रेमलाल खनाल, प्रकाश भण्डारी युगल राई र केदार कार्की रहेका छन् ।

यो क्लबले आवस्यक प्रक्रिया पूरा गरि माल्टाका सबै प्रवाशी नेपालीहरुलाई समेटेर आफ्नो गतिविधि यथाशीघ्र अघि बढाउने पनि सचिव गुरुङले बताए ।

छुटाउनु भयो कि ?