Madhyabindu News App
स्थानीय तह

धुलिखेल नगरपालिकाले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्च दिने

Madhyabindu Online


A A- A+

काभ्रे – धुलिखेल नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई थप राहतको प्याकेज घोषणा गरेको छ । नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई प्रतिपरिवार किरिया खर्चस्वरूप रु १५ हजार दिने भएको हो ।

कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज होस् तथा मनोबल बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

“महामारीको यस घडीमा नगरको सहयोगले मृतक परिवारलाई केही राहत पुग्ने विश्वास गरेका छौँ”, नगरप्रमुख अशोक ब्याञ्जूले भने । उनका अनुसार कोरोना सङ्क्रमितको अवस्था बुझ्दै उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउने तथा मृत्यु भएकाको र सङ्क्रमित परिवारमा देखिने समस्या पहिचान गर्दै स्वास्थ्य सामग्री र औषधि वितरणको काम भइरहेको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता धुलिखेल नगरमा हाल १८८ पुरुषसहित ३११ सक्रिय सङ्क्रमित रहेका छन् । धुलिखेलमा हालसम्म कोरोना भाइरस् सङ्क्रमणबाट २८ को मृत्यु भइसकेको छ ।

छुटाउनु भयो कि ?