Madhyabindu News App
कर्पोरेट

बहु प्रतिक्षित होण्डाको सि बि ३५० डिलक्स अब नेपाली बजारमा

Madhyabindu Online


A A- A+

काठमाडौँ – नेपालमा होण्डा कम्पनिको नयाँ मोडलको बाइक छिट्टै नेपाली बजारमा उपलब्ध हुने भएको छ ।

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि.ले बहु प्रतिक्षित होण्डाको CB 350 DLX लाई चाँडै नेपाली बजारमा लन्च गर्ने भएको हो ।

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोन ३ विभिन्न रङ्गहरुमा उपलब्ध हुने स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि.ले जनाएको छ ।

कम्पनिका अनुसार रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित LED हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन् ।

थप जानकारीका लागि होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न समेत स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि.ले अनुरोध गरेको छ ।

छुटाउनु भयो कि ?