Madhyabindu News App
स्थानीय तह

हेलम्बु गाउँपालिकाको अन्तिम बस्ती नाकोतेको चोक्पुमा बन्यो पक्किपुल

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाको अन्तिम बस्ती नाकोतेको चोक्पुमा बनिरहेको पक्की (मोटरेवल) पुलको निर्माणकार्य सम्पन्न भएको छ ।

हेलम्बु गाउँपालिकाको बिशेष पहलमा प्रदेश पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत निर्माण भएको उक्त पुलको आइतबार हेलम्बुगाउँ पालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले उद्घाटन गरेका छन्  ।

उक्त पुलको निर्माण पश्चात् हेलम्बुको धार्मिक एवं पर्यटकिय बस्ती मेलम्चिघ्याङका बासिन्दालाई आवतजावतमा सजिलो हुनेछ । यसका अलावा मुलुककै धार्मिक एवं पार्यटकिय पवित्र तिर्थस्थल गोसाइँकुण्ड आवतजावतमा सहज हुने हुँदा हिमाली पर्यटनमा ठूलो टेवा पुग्ने हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पा बताउँछन् ।

पछिल्लो समय बिकासको पर्यायनै बनेको हेलम्बु गाउँपालिकाले यस अघिनै बहुचर्चित हिमालयन हेलम्बु ग्रेटट्रेलको निर्माणकार्य धमाधम गरिरहेको छ । यसका साथै बन्जीपुलको निर्माणकार्यपनी अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । विगतदेखिनै स्याउखेतीले परिचित हेलम्बुले आफ्नो पहिचाहन कायमै राख्ने अभियान अन्तर्गत स्याउखेतीलाई पनि निरन्तरता दिएको छ ।

हेलम्बुको सुन्दर बस्ती, गुरु रेम्पोछेको तपोभुमी पर्यटकीय क्षेत्र मेलम्चीघ्याङ जहाँ दर्जनौं जिल्लाका विद्यार्थीहरुले अध्ययन गर्ने मुलुककै नमुना सामुदायिक विद्यालय मेलम्चिघ्याङ मावि अवस्थित छ । यो पुलको निर्माण पश्चात् त्यस विद्यालयमा अध्यनरत विद्यार्थी तथा तिनका अभिभावकहरुलाई आवतजावतमा सहज वातावरण बन्ने मेलम्चिघ्याङ माविका प्रधानाध्यापक पुर्ण बहादुर गौतम बताउँछन् ।

हेलम्बु गाउँपालिकाको बिशेष पहलमा बागमती प्रदेश पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत निर्माण भएको उक्त पुलको कुल लागत ५ करोड ७० लाख रहेको हेलम्बु-१ का वडा अध्क्ष मिङमार लामाले जानकारी दिए । उनका अनुसार अलि दुर्गम जस्तो देखिएको हेलम्बुको उक्त बस्ती यो पुल बनेपछी बजारसँग प्रत्यक्ष जोडिएको अनुभुती स्थानियले गरेका छन् ।

No description available.

छुटाउनु भयो कि ?